सचिन विश्वकर्मा , कावासोती, नवलपुर चैत्र १८। खेल क्षेत्रमा आवद्ध स्थानीय खेलाडिहरुलाइ आज कावासोती वडा नं १६ को वडा कार्यालयले एक औपचारिक कार्यक्रमका विच खेलकुद सामाग्री वितरण गरेको छ । खेलाडिहरुको मागलाइ मध्यनजर गर्दै उनीहरुको खेल प्रतिको लगावलाइ उच्च सम्मान गर्दै खेल क्षेत्रको विकास गर्ने उदेश्यले वडा कार्यलयले क्रिकेट क्लव ,फुटवल क्लव, बाल क्वल ,युवा क्लाव र तेक्वान्दोको खेलाडिहरुलाइ खेलकुद सामाग्री वितरण गरेको हो । टोल विकास समितिका अध्यक्ष ,वडा सदस्य ,क्लवका अध्यक्ष ,आमा समुह तथा विभिन्न निकायका व्यक्तिहरुको उपस्थितीमा वडाध्यक्ष एकादत्त वस्तीे तथा खेल संयोजक गोपाल श्रीपालीद्धारा खेलकुद सामाग्री वितरण गरिएको थियो । साथै रास्ट्रीय तेक्वान्दो संघ नवलपुरका उपाध्यक्ष्य कृष्ण क्षेष्ठलाइ समेत सम्मान गरिएको थियो । वडा कार्यलयले उपलब्ध गराएको खेलकुद सामाग्री पाउदा कार्यक्रममा उपस्थित खेलाडिहरु खुसी हुदै वडा कार्यालयले गरेका कामको खुलेर प्रशंसा गरेका थिए । कावासोती वडा नं १६ का वडा अध्यक्ष वस्तीेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन खेल संयोजक गोपाल श्रीपालीले गरेका थिए ।
कावासोती-१६ द्वारा खेलकुद सामाग्री वितरण