काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
आजको बैठक दिवंगत सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिने भएको छ । बैठकमा पूर्वमन्त्री नवीन्द्रराज जोशी र पूर्वसभासद् लक्ष्मी देवी भण्डारीको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
काँग्रेस नेता जोशीको चैत १३ गते र भण्डारीको चैत १६ गते निधन भएको थियो ।
बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र विकास तथा प्रविधि समितिको वार्षिक प्रतिवेदन पेस हुने सम्भावित कार्यसूची रहेको छ ।