सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना तथा गुनासो सुनुवाई सम्बन्धि अभिमुखीकरण कार्यक्रम देवचुलीमा सुरु भएको छ । नेपाल सरकार गृह मन्त्रालय रास्ट्रीय परिचयपत्र तथा पञ्जिकरण विभागको आयोजनामा उक्त अभिमुखीकरण कार्यक्रम सुरु भएको हो । आज उक्त कार्यक्रम दलदलेको साहारा पार्टी प्यालेसमा सम्पन्न भएको छ। साविकको प्रगतिनगर गाविसको वडा नं १०-१५ को लागि अभिमुखीकरण कार्यक्रम गरिएको हो।
आज बिहिबारको कार्यक्रम सकिए लगत्तै भोलि शुक्रबार साविक दिव्यपुरी गाविसको वडा नं १–५ को लागी पनि दलदलेको साहारा पार्टी प्यालेसमा र शनिबार साविकको रजहर गाविसको १६–१७ को आफ्नै वडा कार्यालमा हुने आयोजकले जनाएको छ । आजको कार्यक्रममा भएको औपचारिक शत्रमा नगरपालिकाका प्रमुख पूर्ण कुमार श्रेष्ठको अध्यक्षता रहेको थियो भने अनौपचारिक शत्रमा देवचुली १३ का अध्यक्ष क्याप्टेन डिल बहादुर खत्रीको अध्यक्षता रहेको थियो। 
कार्यक्रममा मुख्य गरि घटना दर्ता तथा गुनासो सुनुवाई सम्बन्धि छलफल गरिएको थियो। देवचुली नगरपालिकामा केहि समय पछि दर्ता शिविर सुरु हुने भएकालाई यसको प्रचार प्रसार गर्नको लागि विभिन्न बिधालयका प्रधानाध्यापक , आमा समुह तथा बाल क्लबका पदाधिकारी लगायतलाई अभिमुखीकरण कार्यक्रमको आयोजना यस सम्बन्धि जानकारी गराइएको आयोजकले बताएको छ ।