काठमाण्डौ –प्रधानमन्त्री समेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भएको छ ।
ओलीले भोलि तीन बजेका लागि संसदीय दलको बैठक बोलाउनुभएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक माधव कुमार नेपाल समूहले बहिस्कार गरेको थियो ।