कोरोनाको दोस्रो लहरको त्रास बढे सँगै पुर्वी नवलपरासीमा जिल्ला प्रशासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गरेको छ ।बुधबार एक सुचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले होलि पर्व घरमै बसेर मनाउन आग्रह गर्दै भिड भाड हुने सभा, सम्मेलन, र्याली, लगाएतका कार्यक्रम नगर्न अनुरोध गरेको हो ।त्यस्तै जिल्ला प्रसासन कार्यालयले माक्सको नियमित प्रयोग गर्न, भौतिक दुरि कायम गर्न , नियमित रुपमा हात धुन वा सेनिटाईजरको प्रयोग गर्दै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनी द्वारा हस्ताक्षरित सूचनामा यस्तो आग्रह गरिएको हो ।जिल्ला कोभिड व्यवस्थापन र रोकथाम तथा नियन्त्रणसम्बन्धी काम प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले गर्छ । पुर्वी नवलपरासी भारतको सिमा सँग जोडिएको हुँदा पनि कोरोनाको दोस्रो लहरको त्रासजिल्लामा बढि रहेको विज्ञहरु बताउछ्न ।