सचिन विश्वकर्मा, कावासोती, नवलपुर । ३३ वर्ष माथी उमेर समुहका व्यक्तिलाइ लक्षित गरि आयोजना गरिएको फुटवल प्रतियोगिता सनलाइट खेल मैदान डण्डामा संचालन भइरहेको छ। खेलमा कावासोती वडा नं १६ र १४ का खेलाडिहरुले सहभागिता जनाएका छन । प्रतियोगिता खेलमा ६ टिमले मात्र सहभागिता जनाइएका छन । हिजो पिपेनी ख÷क ३ घरे विच भएको खेलमा पिप्रेनले ० का विरुध ३ गोलले जित हात पारेको छ । जितका लागि पिप्रेनी टिमको तर्फबाट राजु थापाले २ गोल र राजु गिरीले १ गोल जोडन सफल भएका हुन । भने पराजित हुने टिमबाट गोल हुन सफल नभएको खेल संयोजक सन्दिप सुनारले बताएका छन । खेल आज २२ घरे ख÷क ७ घरे विच खेल हुने आयोजकले जानकारी दिएको छ । खेलमा प्रथम हुनेलाइ टिमलाइ खसी मेडल टर्फी र दित्तीय हुनेलाइ चार ओटा हास सहिद मेडल टर्फी प्रदान गरिने छ । खेल यहि चैत्र १५ गते सम्म जारी हुने छ ।
३३ वर्ष माथीकाको फुटवल खेल डण्डामा जारी ,खेल यहि चैत्र १५ सम्म जारी रहने