चोरमारा । स्कुल बसको ठक्करबाट हुप्सेकोट २ दन्दरमा ३ वर्षीय बालकको मृत्यु भएको छ । लोकसेवा मा.वि. मध्यविन्दु ९ बसन्तपुरको लु १ क ३९९९ नम्बरको बसको ठक्करबाट सुकमाया परियारको ३ वर्षीय छोरा कृष परियारको घटना स्थलमा नै मृत्यु भएको हो ।
बुधबार दिउसो हुप्सेकोट २ दन्दर स्थित भित्री सडकमा बसले बालकलाई ठक्कर दिएको थियो । घटना पछि अहिले सो क्षेत्रमा प्रहरीको टोलि पुगेको छ । हुप्सेकोट प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय नवलपुरबाट गएको टोलि घटना स्थल पुगेको डिएसपी दिलिप कुमार गिरीले बताउनुभयो । ठक्कर दिने बस र चालक अहिले प्रहरी नियन्त्रणमा रहेका उहाँले बताउनुभयो ।