अर्जुन खत्री बुटवल रुपन्देही-रुपन्देहीको बुटवल उपमहानगरपालिका ४ रहेको एचिभर्स क्लबमा कर्मचारी सम्मान तथा विबिध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
लामो समय देखि कार्यरत कर्मचारीको सम्मान सङै मौलिक खाजा टपरीमा मकै , करुवामा पानी पनि कार्यक्रमको आकर्षण बनेको थियो ।
कार्यक्रममा बोल्दै एचिभर्स एकेडेमीका सहप्राचार्य रमेश घिमिरेले बिधार्थीहरुमा बिकाश भएको सेवाको भावले समाजमा निकै सकारात्मक सन्देश छरेको भन्दै प्रशंशा ब्यक्त गर्नुभएको थियो । एचिभर्स एकेडेमीका शैक्षिक निर्देशक बाबुराम अधिकारीले बिधार्थिलाई ऎतिहासीक काम गरेको भन्दै बधाई ज्ञापन गर्नुभएको थियो ।
क्लबको उपाध्यक्ष वर्षा भुषालको स्वागत मन्त्वय रहेको कार्यक्रममा बिविध सस्कृती झल्किने गितमा बिधार्थिहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
क्लबले छोटो समयमै आफुलाई सामाजिक उत्तरदायित्वमा अगाडि उभ्भाउदै समेत आईरहेको छ । क्लब अध्यक्ष अर्जुन बस्यालको अध्यक्षता , एकेडेमीका शैक्षिक निर्देशक बाबुराम अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव क्रीष्टिना साहिले गर्नुभएको थियो 