दाङ – आज बिहान दाङमा स्कुल बस अनियन्त्रित भइ दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।
३० जना घाइते भएका छन् । दाङको कोठरी बाट तुलसीपुर तर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस दुर्घटना हुदा तुलसीपुर १६ का अस्मिता डाँगी र किरण चौधरीको मृत्यु भएको हो ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ ।