उत्तम कुमार थापा, बझाङ । बझाङमा युवाहरुका लागि ३ महिने जुनियर बिल्डिङ्ग ईलेक्ट्रिसियन तालिम सुरु भएको छ । केदारस्यू गाउँपालीकामा अाज एक कार्यक्रमका विच तीन महिने तालिम सुभारम्भ भएको हाे । केदारस्यू गाउँपालीका र निड्स नेपालकाे साझेदारीमा अाज बाट केदारस्यू गाउँपालीकामा तालिम उद्घघाटन भएको हाे । कार्यक्रममा निड्स नेपालका सचिव वीर बहादुर सिहकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि केदारस्यू गाउँपालीका वडा नम्बर एक का अध्यक्ष तथा प्रवक्ता लाेकेश भण्डारी विशिष्ट अतिथि गाउँपालीका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जाेशी लगाएत प्रशिक्षक,तालिम सिक्न अाएका सबै सहभागी उपस्थिति रहेकाे थियाे । अाज बाट सुरु भएको तीन महिने बेरोजगार युवा युवतीलाई राेजगारी सृजना गर्न सञ्चालन गरिएको हाे ।
निड्स नेपालले विभिन्न जिल्लाहरुमा गरि करिव ७ सय भन्दा बढी बेरोजगार युवालाई तालिमदिदै साेराेजगार बनाउन तिर लागेको कार्यक्रमका अध्यक्ष सिहले बताए । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि भण्डारीले भने,अहिले स्थानीय तह सँग हातेमालो गर्दै युवा लक्ष्यित तालिम सृजना गर्नु नेपाल लाई धन्यवाद दिदै अागामि दिनमा अझै सहकार्य गर्दै अगाडि जाने दावि गरे , यसै बिच खप्तड छान्नामा पनि अाज युवाहरुलाई जुनियर बिल्डिङ्ग ईलेक्ट्रिसियन तालिम सञ्चालन भएको हाे । कार्यक्रम सञ्चालन भने निड्स नेपालका कार्यक्रम सँयाेजक विनाेद कडाराले गर्नुभएको थियाे । तालिम ३ महिना लगातार सञ्चालन हुने सेखर थापाले बताए ।
युवाहरुका लागि ईलेक्ट्रिसियन तालिम सञ्चालन