काठमाडौ, चैत्र ८ । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीको शेयर बाडँफाडंँ यहि आउदो शुक्रबार चैत्र १३ गते हुने भएको छ।शेयर बजारमा अहिले सम्मको रेकर्ड आवेदक हरुले शेयर माग गरिएको ज्योती लाइफले ६६ करोड बराबरको ६६ लाख कित्ता आइपिओ जारी गरेको थियो।६६ लाख कित्ता मध्य ५% कर्मचारी र ५% कित्ता शेयर म्युचुअल फण्डको लागि छुट्टाइएको थियो भने बाकी रहेको ९०% कित्ता शेयर सर्वसाधारणको लागि निष्कासन गरिएको हो।जसमा अहिलेसम्मकै सर्वाधिक शेयर आवेदनको रेकर्ड बनेको थियो। कम्पनीले निष्कासन गरेको शेयरमा करिब ६.४० गुणा बढी हो। १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक क्यापिटलले जनाएको छ।
ज्योती लाइफको शेयर बाडँफाडंँ चैत्र १३ गते