चितवन,चैत्र ६ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको राष्ट्रिय भेलालाई सम्बोधन गर्न सभापति शेरबहादुर देउवा चितवन आउँने भएका छन् । चितवनको टाडीमा आयोजना हुने राष्ट्रिय भेलालाई सम्बोधन गर्न कांग्रेस सभापति देउवा शनिबार आउने भएका हुन् । कांग्रेसको केन्द्रीय तरुण विभागको आयोजनामा चितवनमा राष्ट्रिय भेला हुन गइरहेको छ । रत्ननगर निपनीस्थित एक होटलमा हुने भेलाको उद्घाटन देउवाले गर्ने कार्यक्रम रहेको छ । बिहान साढे ११ बजेको उद्घाटन कार्यक्रममा सभापति देउवासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, कांग्रेस तरुण विभागका संयोजक शंकर भण्डारी, केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल आउने बताइएको छ । भेला अघि विभिन्न जिल्लाहरुबाट सुरु हुने मोटरसाइकल ¥याली चितवन आउने छ । पूर्वको मकवानपुर, पश्चिमको नवलपुर, दक्षिणको माडीबाट मोटरसाइकल ¥याली सुरु हुने तरुण विभागका सदस्य हेमन्त पाख्रिनले बताए । कार्यक्रमको सम्पूर्ण ब्यवस्थापन पूरा भएको पाख्रिनले जानकारी दिएका छन् ।
तरुण भेलालाई संबोधन गर्न काङ्ग्रेस सभापति देउवा भोलि चितवनमा