भाद्र १२, २०७७एजेन्सी — जापानका प्रधानमन्त्री सिन्जो आबेले राजीनामा दिने तयारी गरेको समाचार बाहिर आएको छ। जापानी सञ्चारमाध्यम अनुसार आबेले स्वास्थ्यमा समस्या देखिएका कारण राजीनामा दिन लगेका हुन। जापानी संचार माध्यममा अनुसार आबेले यही हप्ता दुई वटा अस्पतालमा स्वास्थ्य जाँच गराएका थिए । आबे लामो समयदेखि अल्सरेटिभ कोलाइटिसको समस्याबाट पीडित रहेका थिए। आबेको राजीनामापछि उपप्रधान तथा अर्थमन्त्री तारो आसोले कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने बताइएको छ । आबेको राजीनामासँगै सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) मा नेतृत्वका लागि ठुलो लडाइ हुनसक्ने सञ्चारमाध्यमले उल्लेख गरेका छन् । कोरोना महामारी नियन्त्रण तथा रोकथाममा प्रभावकारी कदम नचालेको भन्दै जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका आबेको निकै आलोचना भइरहेको थियो ।
स्वास्थ्य अवस्थाका कारण राजीनामा दिँदै जापानी प्रधानमन्त्री