उदयपुर । आठ वर्षीया नातिनीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई जिल्ला अदालतले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश माधवप्रसाद सिलुवालको एकल इजलासले त्रियुगा नगरपालिकाका ५६ वर्षीय वृद्धलाई आजीवन कारावास सहित थप चार वर्षको कैद सजायको फैसला सुनाएको छ ।
त्यसैगरी, जरिवाना बापत ४० हजार रुपैयाँ र सरकारले स्थापना गरेको पीडित राहत कोषमा चार हजार चार सय रुपैयाँ भराउन पनि अदालतले आदेश गरेको स्रेस्तेदार धनबहादुर कार्कीले बताए ।
कसुरदारले साउन १२ गते घरमा कोही नभएका बेला पीडित लाई बलात्कार गरेको भन्दै परिवार बाटै भदौ ९ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । तत्काल पक्राउ परेका आरोपितलाई अदालतले असोज २ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।