४ चैत, बाँके । १११ औं नारी दिवसको अवसरमा खजुरामा आयोजित समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यमा गाउँपालिका अध्यक्ष किश्मतकुमारले खजुराको वडा नं. ३ लाई बालविवाह मुक्त घोषणा गरेका थिए । खजुरा गाउँपालिकाले जिल्लामै पहिलो पटक वडालाई बालविवाह मुक्त घोषणा गरेको छ ।
त्यस लगत्तै आज खजुरा गाउँपालिकामा रहेका धर्मगुरुहरुले बाल बिबाह नगराउने प्रती प्रतिबद्धता जाहेर गरेका छन ।
बाल बिबाह न्यूनीकरणका लागि सेवा प्रदायकहरु संगको तीन दिने कार्यशाला गोष्ठीको आज अन्तिम दिन विभिन्न तहमा रहेका समाजका अगुवाहरुले प्रतिबद्धता जनाए पछि विभिन्न धर्म गुरुहरुले समाजमा परिवर्तन गर्न तयार हुँदै एक्यवद्धता जनाएका छन । जिल्ला भर जम्मा ८१ वडा छन तर हाल सम्म बाँकेमा अरु कुनै पनि पालिका वा वडाले बाल बिवाह घोषणा नगरेका धर्म गुरुहरुको भनाई छ ।
उक्त गाउँखजुरा गाउँपालिकाले गरेको सहरानिय कार्य प्रति गुरुहरुले यो विषयमा प्रतिबद्धता गरेका छन । उनीहरुले खजुरा पालिक भित्र बाल बलिकाको बिबाह हुन नदिन विषयमा प्रतिबद्धता जाहेर गरेका हुन ।