बिमल अधिकारी,कावासोती । नेपाल कम्युनिष्ट पार्टी एमालेको युवा संगठन युवा संघ नेपालको कावासोती नगरपालिका वडा नं. १० को वडा स्तरिय कमिती गठन गरिएको छ । बुधबार सम्पन्न युवा भेला तथा अधिबेशनबाट कावासोती नगरपालिका वडा नं. १० मा युवा संघ नेपालको वडा कमिटिमा २६ सदस्यीय गठन गरिएको हो । वडा नं. १० को वडा कमिटी संयोजकमा संदेश घिमिरे, सहसंयोजकमा सचिव राम चन्द्र खनाल,सह सचिव अजुर्न न्यौपाने,कोषाध्यक्ष दिनेश न्यौपाने र सदस्यहरुमा सागर अर्याल,मन्त गुरुङ,बुद्धि राम बस्नेत,मधुसूदन महतो,कान्छा गुरुङ,बुद्धि सागर अर्याल,विपिन अर्याल,हिरालाल मुखिया,कुशल मरासेनी,दिनेश न्यौपाने,डिल्ली राम गुरौं,बाबुराम महतो,अजित राम महतो,लक्ष्मी महतो,जीवन गुरौ,ललिता सिग्देल,नवीन गुरुङ,कृष्ण मुखिया,उपचन्द्र महतो,कृष्ण महतो र पदम महतो चयन भएका छन ।
कार्यक्रममा युवा संघ नेपाल नवलपुर जिल्ला कमिटिका सदस्य एवम कावासोती नगरपालिकाका संयोजक गोकर्ण रिमाल,प्रमुख अतिथी नेकपा एमाले नवलपुर जिल्ला कमिटी सचिवालय सदस्य एवम अ.ने.म संघ केन्द्रीय सदस्य सीता पंगेनी रहेको कार्यक्रममा नेकपा एमाले कावासोती नगर कमिटिका अध्यक्ष बिष्णु प्रसाद ढुंगाना,युवा संघ केन्द्रिय सदस्य गुणराज पुन,एक नारायण पौडेल,जिल्ला युवा संघ कार्यलय सदस्य तबारक अहमद मिया,अ.ने.म संघ प्रदेश सदस्य रिमा गुरौ,वडा नं.१० कमिटी अध्यक्ष सुर्य प्रसाद ढुंगाना,युवा संघ जिल्ला सदस्य केशव सुनुवार, युवा नेता ऋषिकेश भट्टराई लगायत स्थानीय युवाहरुको उपस्थित रहेको कार्यक्रमको सहजीकरण युवा संघ जिल्ला कमिटी सदस्य बिमल अधिकारिले गर्नु भएको थियो ।।
कावासोती-१० मा युवा संघ नेपालको वडा कमिटी गठन