बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकको ठक्करवाट पैदल यात्रीको मृत्यु भएको छ ।
शुक्रबार बिहानको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ६ ख ५७०२ नं. को ट्रकले मर्निङवाक गएका सैनामैना-६ बस्ने १६ वर्षीय बिनोद बि.क. लाई ठक्कर दिदा घाईते भएका थिए ।
घाईते बिकलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारकै क्रममा मृत्यू भएको ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ठक्कर दिने ट्रक र चालक ईलाका प्रहरी कार्यालय सालझण्डीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडी बढाएको जनाएको छ ।