काठमाण्डौ – प्रतिनिधिसभाको बैठक आज दिउँसो एक बजे बस्दैछ ।
बैठकमा संविधानसभा सदस्यको निधनमा शोक प्रस्ताव पारित र बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधिसभामा अध्यादेश पेस गर्ने कि नगर्ने भन्ने बारेमा विवाद छ ।
गएको फागुन २३ र २६ गते बसेको बैठकमा संसदमा कुनै पनि एजेन्डामा छलफल हुन सकेन ।