बुलिङटार, १चैत ।
नेपाल मगर संघ बुलिङटार गाउॅ कार्य समितिको दोस्रो अधिवेशन नारायण पाटा मगरलाई अध्यक्ष चयन गर्दै सकिएको छ । अधिवेसनले २१ सदस्यिय नयाँ कार्यसमिति चुनेको हो। नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा नवल सिंह चुनी मगर, उपाध्यक्षमा ओम प्रकाश सिंजाली मगर, सचिवमा कुमार लुंगेली मगर, सह-सचिवमा पदम पुलामी मगर, कोषाध्यक्षमा यामुना बिर्कट्टा मगर, सह-कोषाध्यक्षमा शेर बहादुर दिसुवा मगर रहनुभएको छ ।
यस्तै सदस्यहरुमा बालकुमार चितौरे मगर, बेलिमाया बकावल मगर, कुमार पुलामी मगर, जिवन खण्डलुक मगर, निराजन आले मगर, नर बहादुर चितौरे मगर, पुर्ण थापा मगर, वसन्त रिलामी मगर, पुर्ण बहादुर आले मगर, खड्गजित पुलामी मगर, गुन्ज बहादुर पुलामी मगर, दलमाया आले राना मगर, अर्जुन राना मगर र केहार सिंह राना मगर रहनुभएको छ । अधिवेसनको उद्घाटन सत्र भर्खरै निवर्तमान हुनुभएका संघका अध्यक्ष रुद्र बहादुर आले मगरको अध्यक्षतामा भएको हो ।
कार्यक्रम मा नेपाल मगर संघ नवलपुर जिल्लाका अध्यक्ष इन्द्र फल मगर प्रमुख अतिथी रहनु भएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी फाल मगरले मगर संघको आवश्यकता र यसले गर्नुपर्ने काम बारे प्रस्ट्याउनु भएको थियो। नेपाल सरकार द्वारा प्राप्त लक्षित वर्गमा आउने बजेटलाई उचित ढंगले सदुपयोग गर्न उहाले जोड दिनुभयो। त्यसै गरि आदिवासि जनजाति महासंघ बुलिङटारका अध्यक्ष कमल बकावल मगरले बुलिङटार गाउॅपालिका भित्र करिब ७८.५४ प्रतिशत मगर जाति हुदा पनि मगर दिवस औपचारिकतामा मात्र सिमित गरि मनाउनुपरेकोले दुखेसो गर्नुभयो।
त्यसै गरि जिल्ला भलिबल संघका अध्यक्ष तिल बहादुर खण्डलुक मगरले निवर्तमान कार्यसमितिहरुले पटक-पटक बजेट माग्न जादॅा गाउपालिकाले अस्विकार गरेको भन्दै ध्यानाकर्षण गराउनुभयो। बुलिङटार-४ कोखेटारमा भएको उक्त कार्यक्रममा संघका निवर्तामान उपाध्यक्ष खिम बहादुर गेलाङ मगरले मन्तव्य मार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संघका निवर्तामान सचिव तिलक विर्कट्टा मगरले गर्नुभएको थियो।