अमृत भट्टराई, पर्वत ।- नेपाल विद्यार्थी सघं बिहादी गाउँ समन्वय समितिले गाउपालिकाको पेज को कुशल प्रयोग गर्न, एक टोल एक पिसिआर लागू गर्न,कोरोना कोषको रकम सार्वजनिक गर्न आग्रह गर्दै शैक्षिक गतिविधि ठप्प भएको प्रती चिन्ता व्यक्त गर्दै पालिका अध्यक्षलाइ व ध्यानाकर्षण पत्र बुझाएको छ।पत्रमा भनिएको छ: ' कोभिड-१९ को समयमा यस बिहादी गाउपालिकामा अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह गर्नुहुने जनप्रतिनिधिहरु,सुरक्षाकर्मी व्यापारिहरु,चालकहरु र स्वास्थ कर्मी हरु हुनु उहाहरु प्रती सर्वप्रथम सम्मान गर्दछौ। मिति २०७७ भदौ १० गते बिहादी गाउपालिकाको पिसिआर टेस्ट सम्बन्धमा बिहादी गाउपालिकाको आधिकारिक पेजबाट राणा र राजाको शासन शैलिमा आएको न्युनस्तरको नैतिकताहिन टिप्पणी प्रती हाम्रो ध्यानाकर्षण भएको छ । गाउपालिकाको आधिकारिक पेजबाट यस्तो तल्लो हतको नैतिकताहिन टिप्पणी ब्यक्तिको पेज सरी पालिकाको आधिकारिक पेजबाट दिएपछि नागरिक लाई धम्की दिएको हाम्रो ठहर छ । सो बिषयमा बिहादिगाउपालिकाको आधिकारिक धारणा चाहन्छौ र दोषीलाई कार्वाहीको दायरामा ल्याउनु हुन अनुरोध गर्दछौ। भाद्र १० गते भएको ११० जनाको पिसिआर जाच गरेर हजारौ बिहादिबासी नागरिकको वास्तविक अवस्था थाहा नहुने हाम्रो ठहर छ ,त्यसैले एक टोल एक पिसिआर धारणा अबलम्बन गर्न अनुरोध गर्दछौ। त्यस्तै कोभिड १९को महामारीको अवस्थामा पालिका भित्र सम्पुर्ण शैक्षिक गतिविधि टप्पभएको प्रती हामी चिन्ता व्यक्त गर्दछौ ।यसरी परिस्थिति लम्बिदै जादा शैक्षिक अभिरुचि खस्किन गइ वालवालिकाको बिद्यालय छाड्ने दर बृदी हुने सम्भावना देखिन्छ। त्यसैले गाउपालिकाले बिद्यालय, शिक्षक, विद्यार्थी , विद्यार्थी सगंठन र ब्यबस्थापन समितीसगं समन्वय गर्दै टोलटोलमा शिक्षक खटाउने, बिद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री पाठ्ययोजना लगायतका उपलब्ध गराउनु हुन अनुरोध गर्दछौ।' त्यस्तै कोभिड-१९ को समयमा यस गाउपालिकामा के कति रकम कुन कुन बिषयमा खर्च भएको हो यथार्थ विवरण र महालेखा परिक्षण को प्रतिवेदन २०७६-०७७ समेत उपलब्ध गराइदिनु हुन अनुरोध गरेको छ ।
पर्वतको बिहादी गाउपालिकालाइ ने बि संघको ध्यानाकर्षण पत्र