रन्जीत शर्मा /नवलपरासी/११ भाद्र । पछिल्लो समय लकडाउन खुकुलो पछी कोरोना संक्रमित(कोबिड-१९) बढ्दै जाँदा पश्चिम नवलपरासी जिल्लामा समेत संक्रमण बढदै गईरहेकोले यसको नियन्त्रणमा जिल्ला स्थित सुरक्षा निकायहरुले संक्रमणलाई न्युनिकरण, रोकथाम तथा नियन्त्रणका लागि सचेत र सजग भई प्रभावकारी भुमिका निर्वाह गरिरहेका छन । पछिल्लो समयमा पश्चिम् नवलपरासीको विभिन्न सिमा नाका तथा चोर बाटोबाट दिनहुुँ ५००/१००० को हराहारी मा भारतीय बजारमा समान किनबेचका लागी मानिसहरुको आवतजावत बढेकोले संक्रमण झन बढी हुने खतरा बढे पछि केहि समय देखी पुर्ण रुप मा रोक लगाइएको छ । सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी बेलासपुरले उल्लेखनिय भुमिका निर्वाह गर्दै आमजनमानसमा शान्ति सुरक्षाको प्रत्यभूति दिलाउनु प्रमुख जिम्मेवारी मान्दै २४ सै घण्टा सीमा सुरक्षा तथा निगरानीमा अहोरात्र खटिरहेको छ। नेपाल भारत सीमा ईलाका अन्तर्गत जम्मा २७.५ कि.मि. दुरीमा २४ सै घण्टा सीमानामा स्थायी तथा अस्थायी पोष्ट लगायत पाल (टेन्ट) टाँगेर सशस्त्र प्रहरी अहोरात्र खटिरहेका छन । सशस्त्र प्रहरी कर्मचारीहरु बिषम परिस्थितिमा सिमित स्रोत साधनको उपलब्धताको बावजुद पनि प्रभावकारी ढंगले नागरिक सुरक्षामा खटिएका छन। कोभिड -१९ को महामारी शुरु भए देखि पश्चिम नवलपरासी स्थित सशस्त्र प्रहरी गणले जिम्मेवारी क्षेत्रको सीमानामा ३० वटा भन्दा बढी पोष्ट तथा पाल ब्यवस्थापन गरी ३५० भन्दा बढी जनशक्तिलाई परिचालन गरिरहेको छ ।उक्त परिचालन पश्चात सीमामा हुने अवैध सामान ओसार पोसारलाई पूर्ण रुपमा निस्तेज एंव नियन्त्रण गर्न सफल भएको छ ।जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीबाट जारी निषेधाज्ञा पश्चात जिल्लाको विभिन्न स्थान लगायत बोर्डरमा आवत जावतलाई पुर्णरुपमा निषेध गरिएको छ ।केहि समय आगाडी जिल्लाको महेशपुर, भुजहवा, हरपुर, मुडेरा, गरेमा लगायतको नाकाबाट सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको सन्युक्त प्रयासमा धेरै मात्रा अबैध मालसामान बरामद गरिएको थियो । तर नेपालको तीन वटै तहको सरकारले किसानका लागी मलखाद उपलब्ध गराउन न सक्दा किसानले भारत बाट आफ्नो ज्यानको बाजी लगाइ ल्याउन बाध्य परेका बेला गत महिना प्रशासनले पाल्हिनन्दन गाउपालिका वार्ड न: ०२ मुडेरा बाट ६० तथा रामग्राम बाट ३५ बोरा गरि कुल ९५ बोरा युरिया मल अबैध तरिकाले ल्याइएको हो भन्दै आफ्नो हिरासतमा लिएको थियो । "नेपाल सरकारले आफ्नो किसानका लागी मलखाद उपलब्ध गराउन पनि सक्दैन र भारत बाट चोरीचुपाइ गरि ल्याउदा प्रशासनले आफ्नो हिरासतमा लिनु गलत तथा हाम्रो सब किसानको जीवन सङ खेल खेल्नु हो " भन्दै स्थानीय किसानले बिरोधका थिए । "प्रशासनले कानुन भन्दा पनि माथी उठि हामी किसानको दुख बुझी मानवता देखाउदा हामी अभारी हुने थियौ भने एक किसानले बताउँछन् ।" सीमानामा सुरक्षाको प्रत्याभूति र कोभिड-१९ को रोकथाममा सशस्त्र प्रहरीले खेलेको भूमिकालाई स्थानिय जनताले पनि समेत प्रशंशा गरेका छन । सीमामा सशस्त्र प्रहरीको बाक्लो उपस्थितीले सीमामा हुने चोरी तस्करी लगायत अपराधिक क्रियाकलापमा समेत कमि भएको छ ।
पश्चिम नवलपरासीको सीमा नाकामा थप कडाई : चोरी तस्करी रोकियो