कावासोती,श्रावण २९। समाजमा अझै पनि मानवता हराएको छैन भन्ने कुरा कावासोती नगरपालिका वडा न ३ का वडाध्यक्ष अमृत कुमार श्रेष्ठले हिजो राती प्रमाणित गरेका छन।श्रेष्ठले मानवीय कार्यमात्रै गरेनन कि नेपाली समाजको एउटा तितो यथार्थलाई उजागर गर्दै समाजको अमानवीय चेतनाहिनताको पराकाष्ठामाथी समेत प्रहार गरेका छ्न। श्रावण २६ गते नवलपुरका पत्रकार हरुमा गरिएको स्वाव संकलनको नतिजामा कावासोती -२ मा रहेको रेडियो सामर्थ्य एफ एमका एक जनालाई कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएपछी उनी कोरोना अस्पताल रजहरमा उपचारत रहेका छन । उनले आफू कोरोना संक्रमित भएको रिपोर्ट आउने बित्तिकै सामाजिक संजाल फेसबुक मार्फत सबैलाइ आफू कोरोना सक्रमित भएको र आफू सङ्ग सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न अनुरोध समेत गरे।यो बिचमा रेडियोमा कार्यरत ३ जना कर्मचारी पनि एफ एम भित्रै अफिस क्वारेन्टाइनमा बसेका छन।जब एक जनामा कोरोना देखियो तेसलगत्तै आसपासका घरहरु ,होटेलहरु र व्यवसायीमा पनि त्रास फैलियो।यति सम्मको एफ एम भित्र रहेका तीन जनालाइ कुनै पनि होटेलले खाना उपलब्ध गराएन।दिनरात संचारकर्ममा खटेर जनतालाइ सुसूचित गर्ने काममा खटेका पत्रकार हरुलाइ अपराधी जस्तो व्यवहार गर्दै नियमित खाना खुवाउने होटेलले डेलिभरिको सुबिधा समेत नदिएपछी आफू अत्यन्तै चिन्तित भएर सामाजिक संजाल फेसबुकमा रेडियो , रेडियोमा काम गर्ने कर्मचारी र होटेलको व्यवहारको बारेमा एफ एम का अध्यक्ष भरत पोखरेलले एउटा स्टाटस हाले ।। सामाजिक संजालमा त्यो खालको अमानवीय व्यवहार भएको र पत्रकारहरु समस्यामा रहेको आशय सहितको स्टासस देखेपछी आफुले तुरुन्तै अध्यक्ष पोखरेललाइ सम्पर्क गरि आफ्नो घरमा पाकिरहेको खाना लिएर रातको समयमा रुझ्दै रेडियो सामर्थ्यमा खाना लिएर पुगेको कावासोती ३ का वडाध्यक्ष अमृतकुमार श्रेष्ठले बताए।आफू समाजको जुनसुकै समस्या जतिबेला परेपनी आजसम्म सक्दो सहयोग गरेको र अबका दिनमा पनि दिनरात नभनी सामाजिक र मानवीय कर्ममा लागिरहने अध्यक्ष श्रेष्ठले बताए। रातको समयमा त्यो पनि पनि परेको समयमा अनि होटेलहरुले सेवा दिन नमानेको बेलामा आफ्नो पाकेको खाना लिएर आफ्नो एफ एम का कर्मचारीहरुलाइ खाना खुवाउदै उच्च मनोबलको साथमा संचारकर्ममा खटन हौसला प्रदान गरेको भन्दै सामर्थ्य एफ एम का अध्यक्ष पोखरेलले वडाध्यक्ष श्रेष्ठको प्रसंसा गर्दै धन्यवाद ज्ञापन समेत गरेका छ्न।
वडाध्यक्षको उदाहरणीय काम: होटलले खाना दिएन, रुझ्दै खाना लिएर पुगे रेडियो