नवलपुर । नवलपुरको देवचुली-२ दुम्कौली चोकमा सडक दुर्घटना हुदा दुई जनाको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते भएका छन।रातको १२ बजेतिर विपरीत दिशाबाट आएका ट्रकहरु एक आपसमा ठोक्किदा गम्भीर दुर्घटना भएको प्रहरीले जनाएको छ । पुर्वबाट आएको ना ७ ख ७०२३ र पश्चिम बाट आएको ना ६ ख ३०११ नं को ट्रक एक आपसमा ठोक्किएका हुन।दुर्घटनामा मृत्यु हुनेमा ट्रकका चालकहरु मकवानपुर घर भएका वर्ष ३४ का रामकुमार न्यौपाने र कास्की घर भएका वर्ष ५१ का खिम बहादुर बिक रहेका छन भने दुर्घटनामा दुबै ट्रकका सह-चालकहरु बबई गाउँपालिका ६ दाङका २३ बर्षीय घनश्याम खड्का र बन्दीपुर गाउँपालिका ३ तनहुँका १८ वर्षीय विश्वास शाही गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। घाइते दुबैजनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।
नवलपुरको देवचुलिमा दुर्घटना हुँदा दुइजनाको मृत्यु