११ भदौ, बाँके । बाँकेमा थप एक जना कोरोना संक्रमीत व्यक्तिको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगन्ज ७ कि ७० बर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । आज दिउँसो १२ बजे नेपालगन्ज ७ कि ७० बर्षिय महिलाको कोरोनाकै कारण कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्ले जानकारी दिए । यो संगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । ती महिलाको दुबै फोक्सोमा निमोनिया भएर छातीमा समस्या देखिएपछि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन् । उनी भदौ ३ गते अस्पतालमा भर्ना भएकी थिइन । भर्ना लगत्तै कोरोनाको आशंकामा भदौ ३ गते नै पिसिआर परिक्षणका लागि उनको स्वाब लिइएकोमा भदौ ५ गते उनको रिपोर्ट पोजिटिभ आएको अस्पतालको श्रोतले जनाएको हो । उनको स्वास्थ्य अवस्था विग्रिँदै गएपछि भदौ ६ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा सारेर भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचार कै क्रममा आज १२ बजे उनको मृत्यु भएको प्रजिअले जानकारी दिए।
नेपालगन्जकि ७० बर्षिय कोरोना संक्रमित महिलाको मृत्यु