काठमाडौं ,१२ फाल्गुन सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेपछि पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले जनताको जित भएको बताउनु भएको छ ।
सर्वोच्च अदालतले सरकारको संसद बिघटनको निर्णय बदर गरेसंगै संसद पुनः स्थापनको पक्षमा फैसला सुनाएको भन्दै खुसियालीमा नेपाल कमनिस्ट पार्टी (प्रचण्ड माधव समुह) पाल्हिनन्दन गाउपालिकाले दीप प्रज्ज्वलन गरेका हुन् ।
सर्वोच्च अदालतले संसद पुनर्स्थापन फैसला गरेको खुसीयालीमा नेपाल कमनिस्ट पार्टी ( प्रचण्ड माधव समुह ) पाल्हिनन्दन गाउपालिकाले महेशपुरको सहिद चाेकमा दिप प्रचलन गरिएको छ ।
सर्वोच्च अदालतले जनता र संविधान हितमा फैसला सुनाएको पाल्हिनन्दन गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता( दिपक)ले बताउनुभयो
। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपतिले गरेको असंवैधानिक कदमलाई रोकेर जनताको पक्षमा फैसला भएको र संविधानको रक्षा भएको भन्दै अदालतको फैसलाको स्वागत गरेका गरेका हुन । दीप प्रज्वलन कार्यक्रममा नेपाल नेपाल कम्युनिष्ट पार्टी( नेकपा) पाल्हिनदन गाउपालिका समितीका अध्यक्ष ध्रुप नारायण बानियाँ लगायत विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थित रहेको थियो।