बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ।
बुधबार दिउँसो २ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो।
सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन्।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काले सेतोपाटीलाई दिएको जानकारीअनुसार आज बिहान सूचना निकालेर प्रदेश सभा बैठक स्थगित गरिएको छ।
‘अर्को सूचना जारी नहुँदासम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो,’ उनले भने। मंगलबा नेकपाको प्रचण्ड-नेपाल पक्ष र सर्वदलीय बैठकमा प्रदेशसभा सञ्चालन गर्ने प्रतिवद्धता सभामुख श्रेष्ठको थियो।
प्रचण्ड-नेपाल पक्षका ४५ जना सांसदले मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उक्त प्रस्तावमाथि छलफल गर्न सांसदहरूले माग गरिरहेका छन्।साभार : सेतोपाटी