झापा ,भाद्र १०। झापा गाउँपालिकामा स्थानीय र प्रहरीबिच झडप हुँदा एक जनाको मृत्यु भएको भने दुई प्रहरी घाइते भएका छन् । प्रतिकारमा प्रहरीले हवाई फायर गर्दा गोली लागेर झापा गाउँपालिका ३ का घाइते एक स्थानीयको मृत्यु भएको प्रहरी कार्यालय झापाले जाानकारी दिएको छ । घटना विवरण अनुसार बुधवार दिउँसो ३ बजेको समयमा साबिक टाघनडुब्बा गाविस हाल झापा गाउँपालिका ३ कामाटोलीमा गोरु काट्दै गरेको प्रहरीलाई खबर आएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट बाछोको मासुसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
फर्कने क्रममा प्रहरिलाइ स्थानीयले अवरोध गरेपछि झडपको स्थिति सिर्जना भयो।स्तिथी नियन्त्रणमा लिन प्रहरीले गोलि चलाउदा एक जनालाइ लागेर मृत्यु भएको हो।झडपको क्रममा दुई जना प्रहरी पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।घटनापछी अहिले तेहाको स्तिथी तनाबग्रस्त रहेको गाउपालिका अध्यक्षले बताए।