दुम्किवास ,नवलपुर । तरुण दल बिनयी त्रीवेणी गाउपालिकाले बालबालिकालाई न्यानो उपहार (कपडा) वितरण गरेको छ।विनयी त्रीवेणी गाउपालिका वडा न ६ मा रहेको सुर्योदय आधारभुत विद्यालयमा अध्यन गर्ने सम्पुर्ण बालबालिकालाई न्यानो कपडा स्वेटर वितरण गरिएको हो।
हिजो शुक्रवार आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस केन्द्रिय तरुण विभाग सचीव श्याम श्रेष्ठको हातबाट कपडा वितरण गरिएको तरुण सभापति दिलजङ्ग रायमाझीले जानकारी दिएका छन।कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले विपन्न बालबालिकाका लागि तरुण दलले गरेको कार्यक्रम अत्यन्तै प्रशंसनीय भएको भन्दै आफुले पनि तरुण हरुको अभियानमा सहयोग गरिरहेको र आगामी दिनमा समेत आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।
कार्यक्रममा विनयी त्रीवेणी काङ्ग्रेस सभापति अजित थापा,अधिवक्ता झल बिक,होटल व्यवसायी संघ नवलपुरका उपाध्यक्ष बुद्द गुरुङ लगायत स्थानिय बासिन्दा हरुको उपस्थिति रहेको थियो।कार्यक्रमको समापनमा बोल्दै सभापति दिलजङ्ग रायमाझीले सहयोगी सबैलाइ र कार्यक्रममा उपस्थित सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।
बालबालिकालाई तरुण दलको न्यानो उपहार