कावासोती ,नवलपुर ,भदौ १०। नेपाली काङ्ग्रेस जिल्ला कार्य समिती नवलपुरका जिल्ला सचिव बालकृष्ण घिमिरेमा कोरोना संक्रमण पुष्टि भएको छ।आज विहान क्षयरोग नियन्त्रण केन्द्र पोखराको परिक्षणको आधारमा प्राप्त रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो।उनको कन्ट्रायाक्ट ट्रेसिङको आधारमा केही दिन अघि स्वाब संकलन गरि पोखरा थियो।आज उनिसहित नवलपुरका ९ जनमा कोरोना संक्रमण पुष्टि भएको छ।
आज बिहान आफ्नो रिपोर्ट पोजेटिभ आएलगत्तै घिमिरेले सामाजिक संजाल मार्फत आफू सामाजिक सेवामा लाग्दै गर्दा संक्रमित भएको भन्दै आफु शीत सम्पर्कमा आएका सबैलाइ घरमै रहन र छिटोभन्दा छिटो पि सि आर परिक्षण गराउन अनुरोध समेत गरेका छन।हाल उनको नवलपुरको अस्थायी कोरोना जिल्ला अस्पताल सामुदायिक प्राकृतिक चिकित्सालय रजहरमा उपचार सुरु भैसकेको छ।
नवलपुर काङ्ग्रेस जिल्ला सचीव घिमिरे कोरोना संक्रमित