शालीक राम भट्टराई / कावासोती नवलपुर ,१६ माघ । नेकपाका उपाध्यक्ष बामदेब गौतमले घोषणा गरेको नेकपा एकता रास्ट्रीय अभियान अन्तर्गत नवलपुरका बिभिन्न स्थानीय तहमा कमीटी चयन गरीएको छ । नवलपुरको कावासोती नगरपालीकामा चन्दराज भुर्तेलको संयोजकत्वमा , बसन्त पराजुली सह संयोजक रहेको १५ सदस्यीय कमीटी चयन गरीएको छ । मध्यबिन्दु नगरपालीकामा सुर्यनारायण काफ्लेको सम्योजकत्वमा, लाल बहादुर अधिकारी सह सम्योजक रहेको कमीटी र बुलीङटार गाउँपालीकामा टंक माकीमको संयोजकत्वमा कमीटी चयन गरीएको नेकपा एकता रास्ट्रीय अभियान नवलपुरका इन्चार्ज दुर्गादत्त भन्डारीले जानकारी दिनुभयो । पार्टी बिभाजन नेकपा र समग्र रास्टका लागी पनी हितकर नभएकाले नेकपा एकताको कुनै बिकल्प नभएको इन्चार्ज भन्डारीले जानकारी दिनुभयो । जिल्लाका बहुसंख्यक कार्यकर्ता पार्टी एकताको पक्षमै रहेलाले ती एकता पक्षधर कार्यकर्तालाई समेटेर बाकी अन्य स्थानिय तहमा समेत १ हप्ता भित्र कमीटी चयन गरीने र त्यसपछी नेकपा नवलपुर जिल्ला कमीटी घोषणा गरीने समेत नेकपा एकता रास्टीय अभियान नवलपुरका इन्चार्ज दुर्गादत्त भन्डारीले जानकारी दिनुभयो ।
बामदेवको नेकपा रास्ट्रीय एकता अभियानको कमिटी बन्ने क्रम नवलपुरमा तिब्र