ग्यानेश्वर सहानी / नवलपरासी/ १५ माघ । पश्चिम् नवलपरासीको पाल्हिनन्दन गाउपालिकामा सामुदायिक मेलमिलाप कर्ताहरुको लागी पुर्न ताजगी तालिम हरपुरमा सुरु भएको छ ।
पल्हिनन्दन गाउपालिकाको आयोजना तथा उपकार समाज संस्थाको सहजीकरणमा पाल्हिनन्दन गाउपालिकाका वडा न: ०१ देखि ०३ सम्मका सामुदायिक मेलमिलाप कर्ताहरुका लागी २ दिने पुर्न ताजगी तालिम पाल्हिनन्दन गाउपालिका वार्ड न; ०२ का वडा अध्यक्ष रामनगिना सिङको अध्यक्ष्ाता तथा पाल्हिनन्दन गाउपालिका उपाध्यक्ष पाबित्री कोहारको प्रमुख अतिथिक्ता तथा पत्रकार रन्जीत शर्माको अतिथिक्तामा सुरु भएको छ ।
पाल्हिनन्दन गाउपालिका वडा न १ देखि ३ सम्मका मेलमिलापहरु तालिम हरपुरमा तथा वडा न; ४ देखी ६ सम्मका दोस्रो चरणको कार्यक्रम गेरमीमा यही शनिबार देखी सुरु हुनेछ ।