१० भदौ, बाँके । जिल्लामा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका १ का ३७ बर्षीय पुरुषको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमबाङले जानकारी दिए । ती संक्रमित पुरुषको दुवै फोक्सोमा निमोनियाले छातीको समस्या भएपछी सोमबार अस्पतालमा भर्ना गरिएको जनाइएको छ। भर्ना लगत्तै सोमबार उनको पीसीआर परीक्षणका लागि स्वाब लिइएकोमा मंग्लवार रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । उनको अवस्था गम्भीर देखिए पछी भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा उनको गए राती १:३० बजे मृत्यु भएको कुरुमबाङ्ले जानकारी दिएका छन । यो संगै जिल्लामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
बांकेमा कोरोनाले थप एकको मृत्यु ,मृतकको संख्या ५ पुग्यो