शहवान अन्सारी , नवलपरासी ,९ भदौ । एक घर एक पिसिअार परिक्षणकाे ब्यवस्था मिलाउन नेपाली काङ्ग्रेस बर्दघाट नगर समितिले माग गरेको छ । नवलपरासी पश्चिमीमा समुदाय स्तरमा काेराेना भाइरस काेभिड १९ दिनानुदिन बढ्दै गइरहेको हुनाले नेपाली काङ्ग्रेस बर्दघाट नगर समितिका सभापति सम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाका नगरप्रमुख संग आग्रह गर्दै ध्यानाकर्षण पत्र बुझाएका हुन । काेराेना भाइरस काेभिड-१९ समुदायस्तरमा पुगि सकेकाे अवस्थामा बर्दघाट नगरबासीहरुकाे सुरक्षा गर्ने प्रमुख जिम्मेवारी बर्दघाट नगरपालिकाकाे रहेकाे र नगरपालिकाद्वारा सम्प्रेशीत सुचना र जारी गरिएको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने नगरबासिहरुकाे प्रमुख कर्तव्य रहेकाे बताउदै जिल्ला भित्र नेषधाज्ञा गरिएको अवस्थामा नेषधाज्ञालाई प्रभावकारी रुपमा पालना गर्न सम्पूर्ण जनसमुदायमा अपिल गर्दै नगरबासीहरुकाे एक घर एक पिसिआर परिक्षण गर्नुपर्ने सभापति श्रेष्ठले जाेडदार माग गरेका छन । साथै निषेधाज्ञाकाे समयमा दैनिक ज्यालादारी गर्ने बिपन्न र गरिब जन्तालाई दुई छाक खान पाउने अवस्थाकाे सुनिश्चितताकाे लागि छिटोभन्दा छिटो राहत वितरण गर्न बर्दघाट नगरपालिकालाई जाेडदार माग गर्दै ध्यानाकर्षण पत्र बुझाइएको बर्दघाट कांग्रेसले जानकारी दिएको छ।।
एक घर एक पिसिआर को माग