पाल्पामा बेवारिसे अवस्थामा शिशुको शव फेला परेको छ ।
तानसेन नगरपालिका वडा नम्बर ५ सितलडाँडामा तानसेन रानीमहल सडक खण्डको छेउमा बेवारिसे अवस्थामा महिना नपुगेको र लिङ्ग पहिचान समेत नभएको एक नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय पाल्पाका सूचना अधिकारी मदन गिरीले जानकारी दिए ।
बच्चा कस्ले र किन फालिएको भन्ने बारेमा भने पुष्टि हुनसकेको सूचना अधिकारी गिरीले बताए ।
घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बेवारिसे शिशुको शव सडक किनारामा भेटियो