२७ पुस, बाँके । बर्षौदेखि भोगचलन गर्दै आएको जमिनमा भूमाफियाहरुको चलखेल बढेको कारण आफुहरु समस्यामा रहेको भन्दै बाँकेको खजुरा गाउँपालिका ६ स्थित सिमलघारीका स्थानियवासिहरुले मिडियासँग आवाज उठाइदिन आग्रह गरेपछि आज प्रेस सेन्टर नेपालले जनतासँग प्रत्यक्ष संवाद कार्यक्रम गरेको छ । स्थानिय नागरिकको माग अनुसार प्रेस सेन्टर नेपालले स्थानिय समस्यामाथि सामाजिक अगुवा, राजनीतिक दल, बुद्दिजीवी तथा सिमलघारीका नागरिकहरुसँग हिजो दिउँस प्रत्यक्ष संवादको कार्यक्रम गरेको हो । सचेत युवा तथा भूमिअधिकार मञ्चका नेता नवराज बमले सञ्चालन गरेको उक्त कार्यक्रम स्थानिय बृद्ध खकेन्द्रजंग शाहीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को लुम्बिनी प्रदेश इन्चार्ज सिंहराज बिक (सिर्जन) को प्रमुख आतिथ्यता तथा प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष लोकराज जैसीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा भूमिअधिकार मञ्चका केन्द्रीय सदस्य जसविर वड, विष्णु गिरी, खजुरा गाउँपालिका नेता काले बिक, प्रेस सेन्टर नेपाल बाँकेका सचिव मनोज कुमार तमोली, विभिन्न स्थानिय संघ संघठनका प्रतिनिधिहरु समेतको आतिथ्यता रहेको थियो । प्रेस सेन्टर नेपाल बाँकेका पत्रकारहरुले कार्यक्रमको प्रत्यक्ष लाईभ समेत गरेका थिए । कार्यक्रममा उपस्थित स्थानिय नागरिकहरुले बषौंदेखि उक्त जमिनमा आफुहरु बस्दै आएको भएपनि केहीबर्ष यता स्थानिय जनप्रतिनिधिहरु, प्रशासनलाई प्रभावमा पारेर भूमाफियाहरुले हडप्न खोजेको भन्दै चिन्ता गरेका थिए । स्थानियहरुले आफ्नो पुस्ता र छोरा नातिहरु त्यहि हुर्केको बढेको तथा सानोतिनो घर, खेतिबारी गर्दै आएको भएपनि अहिले भूमाफियाहरुले राज्यनिकायलाई प्रभावमा पारेर आफुहरुको परिवारमाथि लात हान्ने काम गर्न लागेको भन्दै जिवन रक्षाको लागि आवाज उठाइदिन आग्रह गरेका थिए ।
उनिहरुले करिब ३३ बिगाह जमिनमा अहिले १५ सय बढी घरपरिवार बसोबास गर्दै आएको र उपभोग गर्दै आएको जमिनबाट भूमाफियाहरुले हटाउने खालको अन्यायपूर्ण व्यवहार बढाएको भन्दै चिन्ता गरेका थिए । उनीहरुले आफ्नो घर, खेत गुमाउनु भनेको जिउदै मार्ने काम हो भन्दै त्यसका विरुद्ध संघर्षमा होमिनु बाध्यता हुने भन्दै त्यसमा सहयोग गरिदिन राजनीतिक दलहरु, सामाजिक अगुवा, संघ संगठनहरुलाई आग्रह समेत गरेका थिए । उक्त क्षेत्रमा तत्कालिन नेकपा (माओवादी) ले २०५४ सालतिर स्थानिय नागरिकहरुलाई बसालेको थियो । त्यतिबेला देखि त्यहाँ बसोबास गर्दै आएका नागरिकहरुलाई पछिल्लो समय भूमाफियाहरुले घरबार बनाउन खोजेको भन्दै त्यसको विभिन्न राजनीतिक दलहरु, सामाजिक अगुवाहरु, संघ संगठनहरुले पटक पटक विरोध गर्दै आएका छन ।
नागरिकको गाँस बास र कपासको उचित व्यवस्थापनमा राज्यशक्ति जुट्नुपर्नेमा लामो समयदेखि बसोबास गर्दै आएका नागरिकहरुलाई घरबार बिहिन बनाउने कार्य नगर्न कार्यक्रममा उपस्थित नेकपा (माओवादी केन्द्र) का प्रदेश इन्चार्ज सिंहराज बिकले बताए । नेता सिंहराजले नागरिकको बसोबास भत्काउन आउने जो सुकै भएपनि त्यो ठिक नहुने बताए । उनले राज्यले जनतालाई गास, बास र कपासको उचित व्यवस्थापन नगरेमा आफ्नो पार्टी जनताले उठाएका न्यायोचित मागहरुमा आन्दोलन गर्न बाध्य हुने भन्दै चेतावनी समेत दिएका थिए । त्यस्तै उक्त कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसीले राष्ट्र, राष्ट्रियता र जनभावना भन्दा ठूलो कुनै पेशा, व्यवसाय हुन नसक्ने भन्दै आफ्नो संगठन सधैंव कुना कन्दरामा गुम्सिएका, अन्यायमा परेका नागरिकहरुको आवाजलाई सम्प्रेषण गर्ने काममा र जनन्यायीक व्यवस्थाको पक्षमा भूमिका खेल्दै आएको बताए । उनले आफ्नो संगठन नेकपा (माओवादी केन्द्र) को राजनीतिक विचार, कार्यक्रमलाई समर्थन गर्ने र जनताको न्यायपूर्ण आवाज आम जनतामाझ ल्याउन सहयोग गर्ने भन्दै स्थानिय नागरिकले मिडिया समक्ष राखेका समस्या तथा विकल्पलाई आम नागरिक समक्ष जस्ताको त्यस्तै पुर्याउने बताए । उक्त कार्यक्रममा बोल्दै उनले माओवादी आन्दोलनले बसाएको उक्त बस्तिमा भूमाफियाहरुको चलखेल बढ्नु दुखत विषय भएको बताए । उनले त्यतिबेला माओवादी आन्दोलनमा उठेको नारा ‘जमिन कस्को जोत्नेको, घर कस्को पोत्नेको’ ठिक भएकाले गाउँगाउँबाट माओवादीलाई जनसमर्थन बढेको र त्यो आफुलाई समेत ठिक लागेको बताए । त्यस्तै उक्त कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका नेता समेत रहेका सामाजिक न्यायको पक्षमा बोल्दै आएका युवा आशिष मल्ल ठकुरीले समेत बर्षौदेखि बसोबास गर्दैआएका नागरिकलाई उठाउने कार्य रोक्न प्रशासनसँग माग गरे । उनले सामाजिक अपराधिहरुलाई प्रशासन कार्वाही गर्न आनाकानी गरिरहेको भन्दै जिल्ला भित्रका विभिन्न घटनाहरुको विषय खोले । उनले नागरिकको जिवनयापनको विषयमा राज्यले जिम्मेवार बन्नुपर्ने भन्दै त्यहाँका नागरिकहरुको न्यायको पक्षमा आफ्नो संगठन निरन्तर जोडिने विश्वास व्यक्त गरे । उक्त कार्यक्रममा भूमिअधिकार मञ्जका जसविर वडले समेत आफ्नो संगठन स्थापनाकालदेखि नै भूमिमाथि जोत्नेहरुको अधिकार हुनुपर्ने विषय उठान गरिरहेको भन्दै सिमलघारीका नागरिकलाई बिस्थापित गर्न नपाई बताए ।
उनले राज्यनिकायलाई चेतावनी दिदै त्यहाँ बसिरहेका नागरिकहरुलाई यथास्थानबाट हटाउने, माफियाहरुको संरक्षण गर्ने र नागरिकलाई दुख दिने खालका कामहरु भएमा त्यसको विरोधमा आफ्नो संगठन सधै. साथमा रहने प्रष्ट पारे । कार्यक्रममा उपस्थित महिलाहरुले केहिदिन अघि भूमाफियाको पक्षमा लागेका केही स्थानिय युवाहरुले गुण्डागर्दिको भाषामा आफुहरुलाई सामुहिक रुपमा धम्क्याउने र बढी बोलेमा राती घरमा आएर बलात्कार गर्ने, ठिक पार्ने जस्ता शब्द प्रयोग गरेको भन्दै मिडियासँग न्यायको लागि आवाज उठाईदिन आग्रह गरेका थिए ।
प्रेस सेन्टरद्धारा स्थानिय समस्याबारे बाँकेको सिमलघारीमा जनसंवादः बर्षौदेखि भोगचलन गरेको जमिनमा माफियाहरुको चलखेल , प्रहरी हवेल्दार बिष्णु अधिकारी माथि दुव्र्यवहारः कारबाहीको माग