कृष्ण पौडेल , सुनवल नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर ५ को बनकट्टी सहित विष्णु प्रसाद पाण्डेय स्मृति प्रतिष्ठानमा ओली पक्षधर नेकपाको आयोजनामा रहेको अगुवा कार्यकर्ता भेलालाई नवलपरासी मा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्डकै कारण नेपाललाई संकटमा पुर्याएको बताएका छन्।
प्रचण्डको जनयुद्धकालमा एउटा चर्चित भनाइ थियो टाउकोमा टेकेर ढाडमा हाल्ने हो अहिले प्रचण्डले माधव नेपालको ढाडमा टेकेर प्रधानमन्त्रीको टाउकोमा हिर्काउन थाल्नुभयो माधव नेपालको ढाड त्यति बलियो थिएन उहाँले व्याङ्ग्य शब्दमा बन्नुभयो त्यसको परिणाम अहिले प्रचण्ड र माधवकुमार नेपाल दुबै बाटोमा बसेर हामी यहाँ छौं भन्ने दिन आयो सधैभरी एउटै फरमुला काम लाग्दैन प्रचण्ड कमरेड उहाँले भन्नुभयो प्रधानमन्त्रीले त चुनाव मिति घोषणा मात्र गरेको छ चुनाव गर्नका लागि तयार हुनुहोस अहिलेपनि हामीले कारबाही गरेका छैन उहाँले थप पार्टी भित्र दोस्रो अध्यक्ष प्रचण्ड नै हुनुहुन्छ भनेर पनि हामीले अटाएका छैनौं गल्ती सुधारेर फिर्ता आउनुहुन्छ भने मान्न आफूहरु तयार रहेको मुख्यमन्त्रीले पोखरेलले चर्को स्वरमा भन्नुभयो कार्यक्रममा लुम्बिनी पर्देशका भौतिक पुर्बधार मन्त्री तथा नेकापा केन्द्रीय कमिटी सदस्य बैजनाथ चौधरीले माथिल्लो स्तरमा नेकपा फुट भएपनि तल्लोस्तरमा केही पनि नभएको र सूर्य चिन्न आफ्नै हुनेमा दुईमत नहुने दाबी गर्नु भएको थियो कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका संगठन प्रमुख भुमिश्वर ढकालले आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रचण्डकै कारण पार्टीलाई संकटमा पुर्याएको मुख्यमंत्री शंकर पोखरेल को भनाई