खैसरा न्यौपाने बस्याल, नवलपुर।
संस्कृति र सभ्यताका लागि युवायुवतीलाई सजिलैसँग बोल्न सक्ने र वाक् कलालाई वृद्धि गर्न अभियान नवलपुर कावासोतीमा सम्पन्न भएको छ शनिबार होटल फुल मुनमा आयोजना भएको कार्यक्रममा युवा तथा विभिन्न सामाजिक कार्यहरुमा सक्रियता रहँदैआएको संस्था वातावरण जनजागरण विकास संस्था कावासोतीको आयोजनामा नवलपुरको कावासोतिमा सो तालिम सम्पन्न भएको छ public speaking सम्बन्धि विभिन्न खाले जिज्ञासा तथा यसबारे ज्ञानसँगै विविध प्रेरणत्मक ज्ञान र सिकाइ हरु गरी करिब तीन घण्टाको तालिम दिएको थियो 
तालिममा सस्थापक अध्यक्ष सन्देश घिमिरे LN दवाडी निसा भन्डारि लगायत सम्पूर्ण को सहभागिता रहेको थियो भने पुष्पा भट्टराईले सिकाउनु भएको थियो भने पछिल्लो समयमा विश्व मै हर कुराहरुमा प्रतिस्पर्धा बढेर विश्व साघुरिँएको बेला युवाहरु आफूभित्र गुम्सिएका कुराहरु पोख्न हिच्किचाउने बानी अझै पनि हाम्रो समाजमा विधमान रहेको र मास मा बोल्न डराउने आफ्ना कुरा राख्न नसक्ने अरुलाई आफ्नै विचार बुझाउन गाह्रो हुने तथा अप्ठ्यारो मान्ने जस्ता बानी हरुले उनीहरु पछि पर्नुपरेको र यसकुरालाई मध्यनजर गरेर आफ्ना कुराहरुलाई कसरी निर्धक्क तरिकाले अरुलाई प्रत्येक्ष भाव दिनेगरी राखे जस्ता कुराहरु सिकाउन विज्ञहरुले यो तालिम गराउन लगाएको उहाँहरुले बताउनु भयो उहाँहरुले विभिन्नखाले स्पीच competition जित्नुभएको छ भने youth vision लगायतका संस्थाको माध्यमबाट काठमाडौ सँगसँगै नेपालका बिभिन्न जिल्लाहरुमा training dv आउनुभएको छ।