गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ घिमिरेले यहि पुस-२३ गते निर्माणाधीन अवस्थामा रहेको गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण, तनहुँको निरीक्षण गर्नुभई कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रहरी सेवा प्रवाहका विषयमा निर्देशन समेत गर्नुभएको छ । सोही अवसरमा निर्माण भईरहेको गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण, तनहुँको भौतिक संरचनाहरुको अवलोकन तथा निरीक्षण गरी भौतिक श्रोतसाधन सम्पन्न भवन निर्माणका विषयमा छलफल समेत भएको थियो । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा दंगा नियन्त्रण प्रहरी गण प्रमुख प्रहरी उपरीक्षक दयानिधि ज्ञवालीले भौतिक संरचनाहरुको निर्माणमा भईरहेको प्रगति विवरण साथै विद्यमान समस्याका विषयमा जानकारी गराउनु भयो । निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केदारनाथ घिमिरेले समय मै भवन निर्माण तथा अन्य श्रोतसाधनहरुको निर्माण गरी प्रहरी सेवा प्रवाहलाई सहजता प्रदान गर्न गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै आवश्यक सहयोग तथा समन्वयका लागि आफूले प्रभावकारी भूमिका निर्वाह गर्ने समेत बताउँनुभयो ।
गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गणको निरीक्षण सम्पन्न