पर्वतमा पिकअप जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएका छ भने २ जना घाईते भएका छन् । जलजला गाउँपालिका–९ बनौंमा आज बुधबार दुर्घटना भएको हो ।
कुश्माबाट बनौँ जादै गरेको ग २ च ६३७९ नम्बरको जिप दुर्घटना हुँदा जलजला–९ बनौं की २३ बर्षिया कौशिला गर्वुजाको मृत्यु भएको जनाईएको छ । । गर्वुजालाई उपचारको लागि पर्वत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जलजला– ९ का अध्यक्ष गौ बहादुर पुनले बताए ।
दुर्घटनामा परि जलजला–८ लुप्राङका चालक पुरुषोत्तम चापागाईँ र सहचालक थमन पुन गर्वुजा घाईते भएका छन् । पर्वत जिल्ला अस्पतालमा उपचार भैराखेको छ ।
उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको घाईते चालकले बताएका छन् । भ्यान उकालोमा पछाडी सरेर झन्डै २५० मिटर तल खसेको छ ।
पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु