नवलपुर,पुस १५। कोरोना महामारीले गर्दा लामो समयदेखी बन्द रहेको सवारी चालक अनुमति पत्रको फारम हिजो बाट सातै प्रदेशमा खुलेको छ।यातायात व्यवस्था विभागले कोरोना संक्रमणको जोखिम रहेको भएतापनी सेवाग्राहीहरुको समस्याहरुलाइ मध्यनजर गर्दै स्वास्थ सुरक्षा मापदण्ड अपनाएर ट्रायल तथा लिखित परिक्षा लिने गरि लाइसेन्स खुलाएको हो। लाइसेन्सको फर्म खुलेपनी यातायात व्यवस्था बिभाग अन्तर्गत रहेको लाइसेन्स फर्म भर्ने साइटमा समस्या आउदा धेरै जसो प्रदेशका फर्म भर्न कठिनाइ भएको छ।अन्लाईन फर्म भने साइट हिजो देखि नखुल्दा एउटा पनि फर्म भर्न नसकिएको नवलपुर ड्राइभिङ व्यवसायी संघका उपाध्यक्ष ठाकुर कोइरालाले बताए।लामो समयसम्म नखुलेको लाइसेन्स खुल्दा पनि फर्म रजिस्ट्रार नहुदा सेवाग्राहीलाई परेको समस्या आफुले महसुस गरेको भन्दै विभागमा यसबारे आफुले बुझिरहेको यातायात व्यवस्था कार्यालय कावासोतिका प्रमुख ज्ञान प्रसाद भुसालले जानकारी दिए। लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप उच्च भएपछि समस्या आएको यातायात व्यवस्था बिभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालको भनाई छ। साइटमा देखिएको समस्या समाधानको प्रयास भइरहेको निर्देशक भुसाल बताउँछन्।
लाइसेन्सको अनलाइन फारम खुल्यो तर साइटमा समस्या