नवलपुरः
देवचुली १५ ले गर्भवती तथा सुत्केरी महिला र बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउनको लागि पोषणयुक्त खानेकुरा वितरण गरेकोे छ । मंगलबार वडामा रहेका १ सय ८ जना सुनौलो हजार दिनका आमाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरेकोे हो ।
आर्थिक वर्ष २०७७–७८ को वडा स्तरीय योजना कार्यक्रम अन्तर्गत बिनियोजित एक लाख रुपैंया बजेटबाट एक क्रेट अण्डा र च्यावनप्रास वितरण गरिएको वडाध्यक्ष हरिभक्त भट्टराईले जानकारी दिए ।