एजेन्सी । अमेरिकामा पनि प्लाज्मा थेरापी विधिबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिइएको छ ।
ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) लाई प्लाज्मा थेरापी विधिबाट उपचार गर्न अनुमति दिइएको जानकारी दिनुभएको छ । विश्वका विभिन्न देशले गम्भीर अवस्थाका संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि अपनाइरहेका बेला अमेरिकामा पनि त्यसको अनुमति दिइएको हो ।
कोरोना भाइरसलाई फेरि एक पटक चिनियाँ भाइरस भन्दै उनले अनुसन्धानबाट प्लाज्मा थेरापी विधिबाट संक्रमितको उपचार गर्दा ३५ प्रतिशतसम्म मृत्युदर कम गर्न सकिने पाइएको छ ।राष्ट्रपति ट्रम्पले कोरोना संक्रमणबाट ठिक भएकाहरुलाई प्लाज्मा डोनेट (दान) गर्न पनि अपिल गर्नु भएको छ ।