८ पुस, काठमाडौं । संसद विघटन असंवैधानिक भएको दाबी सहित संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल बेन्चबाट हुने भएको छ ।
बुधबार सर्वोच्च आदालतले सार्वाजनिक गरेको दैनिक पेशी सूचीमा संसद विघटन सम्बन्धमा विभिन्न व्यक्तिले दर्ता गर्नुभएकाे १२ वटै रिटकाे सुनुवाइ प्रधानन्यायाधीश चाेलेन्द्र शम्शेर जबराले गर्न लाग्नुभएकाे बुझिएको छ ।
