अमृत भट्टराई /पौष ५ विहादी पर्वत । बिहादी गाउँपालीकाको चिनारी अब बिहादीका महिलाहरु को काम बाट नै हुने र अरु ले पनि बिहादीका महिलाहरु बाट केही नयाँ काम सिक्ने बनाउने उदेश्यले अब महिला दिदी बहिनी अगाडि बढ्नुपर्ने बेला आएको नेपाली काँग्रेस पर्वत का युवा नेता प्रविन गुरुङले बताए। नेपाल महिला संघ बिहादी गाउँपालिका को समिति गठन कार्यक्रममा बोल्दै गुरुङले भने देशमा पछिल्लो समय महिला सक्रियता बढ्दै गएपनि ग्रामीण क्षेत्रका महिला अझै केही पछि परेको देखिएको हुदा अब टोलटोल गाउँगाउँ बाट महिलाले नयाँ काम को सुरुवात गर्दै अगाडि बढेर अन्य ठाउँका महिलाले पनि बिहादीका दिदीबहिनी बाट केही नयाँ सन्देश सिक्ने तरिकाले काम गरेर अगाडि बढ्नुपर्ने सन्देश सँगै शुभकामना दिए कार्यक्रममा गुरुङले भने अब देशको जिम्मेवारी नै महिला लाई दिएमा देशमा हुने महिला हिंसा ,बलात्कार, बालविवाह जस्तो विकृतिमा समेत कमि आउने बताए ।
बिहादी गाउँपालीकाको चिनारी अब बिहादीका महिलाहरुको काम बाट नै हुने : युवा नेता प्रविन गुरुङ ।