कावासोती (कृष्ण के सी) - नवलपुर कावासोती वडा न ८ थकालीचोकमा दिउसो १ बजे तिर पुर्ब बाट पश्चिम जादै गरेको लु १ च ८२२२ नम्बरको बोलेरो जिपले सोही तर्फ जादै गरेको ना ५ ख ८२३१ नम्बरको बस लाइ ठक्कर दिएको छ।
सो दुर्घटनामा कुनै मानबिय क्षती नभएको स्थानीयले जानकारी दिएका छन। घटना स्थलमा उपस्थित प्रहरी निरीक्षकका अनुसार दुबै गाडि र गाडि चालकलाइ प्रहरी नियन्त्रणमा लिगिएको छ ।
नवलपुरको कावासोतीमा बोलेरो दुर्घटना