पोखरा । लागूऔषध मुद्धामा फरार एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले तीन वर्षपछि पक्राउ गरेको छ ।
बाग्लुङको ढोरपाटन घर भई पर्वतको कुस्मा नगरपालिका–१ बस्ने गोकुल गुरुङ २४ लाइ प्रहरीले आज पक्राउ गरेको हो ।
गोकु्ललाई जिल्ला अदालत कास्कीले २०७५ असार २७ गते लागू औषध मुद्धामा दुई वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको थिए । हालसम्म फरार रहेका गोकु्ललाई कास्कीबाट खटिएको प्रहरी टोलीले पर्वतको कुस्माबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
साथै कास्की प्रहरीले लागूऔषध मुद्धकाका अर्का फरार युवकलाई पनि पक्राउ गरेको छ ।
जिल्ला अदालत कास्कीले लागू औषध मुद्धामा एक महिना कैद र एक हजार जरिवानाको सजाए फैसला गरिएका म्याग्दीको भकिम्ले ३ घर भई पोखरा ३ बस्दै आएका खगराज पुनलाई पक्राउ गरि अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा प्रेसित विज्ञप्तीमा उल्लेख गरिएको छ ।