इटहरी : सुनसरीमा पुन ७ दिनको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको जिल्लास्तरीय कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले पछिल्लो पटक थप गरेको निषेधाज्ञाको समय आइतवार सकिएसँगै पुन भदौ १४ सम्मका लागि निषेधाज्ञा लम्याइएको हो । आइतवारबाट लागू भएको निषेधाज्ञा भदौ १४ गते मध्यराति १२ बजेसम्म लागू हुने प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए । साथै निषेधाज्ञाको समयमा सुनसरीभरि अत्यावश्यक सेवा र कामबाहेक हिँडडुल गर्न, व्यापार, व्यवसाय सञ्चालन गर्न रोक लगाइएको बताउनु भयो । यस्तै सुनसरीसँग सिमा जोडिएका ठाउँमा थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए ।
सुनसरीमा भदौ १४ सम्म निषेधाज्ञा