काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाले बनाएको ६ सदस्यीय कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएका छन् ।
आज अपरान्ह ४ ४५ बजे प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । आज झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदललेआजनै अध्यक्षद्वयलाई बालुवाटारमा हस्तान्तरण गरेका हुन् ।
नेकपाभित्रको विवाद समाधानका लागि पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा गत साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले नेकपाभित्रको विवाद समाधानको लागि मूख्य भूमिका खेल्नेछ कार्यदलमा संयोजक पौडेलसहित सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल गरी ६ जनालाई जिम्मेवारी तोकिएको हो ।