-सुर्य प्रसाद भट्टराई
पैसा कमाएर धनि बन्ने रहर हरेक मानिसमा हुने गर्दछ। हामि कसरी पैसा कमाउने र कुन काम गर्ने भनेर सोच्ने पनि गर्दछौ तर हामि हाम्रो सोचलाई ब्यवहारमा उतार्ने बेला अन्कनाउछौ र त्यस्को अनेक कारणहरुसमेत देखाउछौ।
कतिले सरकारले रोजगारी सिर्जना गर्न सकेन, लगानिको बातावरण भएन भनेर सरकारको आलोचना गरेको पाइन्छ भने कतिपयले ब्यवसाय सुरु गर्न आर्थिक अभाव भएको कुरा व्यक्त गर्दछन। कामलाई स्तरीकरण गरेर तल्लो र माथिल्लो भनि तुलना समेत गर्ने मानिसहरुको पनि अभाव छैन।
हिजो, आज सर्वत्र बेरोजगारी त्यस्मा पनि शैक्षिक बेरोजगारी बढिहरुको कुराहारु सुन्छौ। युवाहरु दिनानुदिन धेरै पैसा कमाउने लोभ र चाहानामा बिदेशिहरेको र कतिपय त बिद्यार्थि भिषामा गएर टन्न पैसा कमाउने सपना समेत बोकेर बिदेशिएको यथार्थता हाम्रा सामु बिध्यमान छ।
उल्लेखित कुराहरु देख्दा र सुन्दा अच्म्म लाग्छ र भन्न मन लाग्छ थुक्क हाम्रो मानसिक्ता१ हो, हामि गलत मानसिकताबाट प्रेरित भएको कुरा सत्य हो। यदी यहि मानसिकता कायम रहने हो भने हामि धनि वन्ने रहरलाई सधैको रहर बनाइरहेका हुन्छौ र दोस अर्कालाई थुपारेर आफुलाई सधै महानता रुपि खाडलमा गाडिरहेका हुन्छौ।
हाम्रो सामु पैसा कमाउने धेरै अवसरहरु छन तर हामि ति अवसरहरुलाई लात हानिरहेका छौ। यहि नै हाम्रो पैसा कमाउने सोचको बाधाक हो। यदि पैसा कमाउने हो भने हामिले गर्नुपर्ने पहिलो काम, काम प्रतिको हाम्रो गलत धारणालाई हटाउनु हो।
नेपालमा पछिल्लो समय निर्माणको क्षेत्रमा धेरै लगानि हुन थालेको छ। सडक भवन र पुलहरुमा लाग्ने जनशक्तिको अभावमा ठेकेदार कम्पनिहरु बाहिरबाट जनशक्ति झिकाएर काम गरिरहेका छन। सडक कालोपत्रे गर्ने, पुलको लठ्ठा तान्ने भवनहरुमा मार्वल र टायल लगाउने सिप भएका जनशक्ति हामिकहाँ नहुदा भारतबाट जनशक्ति मगाएर काम गराउनुपर्दा एक त नेपालि पैसा बिदेशिएको छ भने अर्कोतर्फ नेपालि युवाहरु बेरोगार बनिरहेका छन।
पछिल्लो समय सिटिइभिटिले युवाहरुलाई स्वरोजगार बनाउन बिभिन्न तालिमहरु सञ्चालन गरिरहेको छ।तर युवाहरु उत्पादनशिल बन्ने तर्फ भन्दा बढी मोबाईलमा गेम खेलेर र सामाजिक सञ्चाल चलाएर दिनहरु बिताईरहेका छन।अवसरहरु धेरै छन तर अवसरहरु खोज्ने तर्फ ध्यान नदिने अनि दोष थुपार्ने प्रबृतिको अन्त्य हुनुपर्छ।
हामि बिदेश जानलाई ज्ञछरज्ञट लाख खर्च गर्न तयार हुन्छौ अनि त्यही पैसा यहाँ नै लगानि गरेर कमाउन सकिने कुरामा सहमत हुन सक्दैनौ। यो अहिलेको ठुलो समस्याहो।
अन्त्यमा हामि गलत धारणाहरुबाट प्रेरित भैरहेको कुरालाई सुईकारदै प्रप्त अवसरहरुको सदुपयो गरे नेपालमा नै पैसा कमाउन र आर्थिक रुपमा संबृध हुन सकिने कुरामा बिचार गर्न आवहान गर्दछु।
नेपालमा बेरोजगारिको कारण रोजगारिको कमि कि सिप र गलत मानसिकता ?