तनहुँ । तनहुँ जिल्लाको पर्यटकीय स्थल मानहुँकोटमा बुधबार एक युवा मृत अवस्थामा भेटिएका छन् ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका वडा नं ७ स्याउलि बजार निवासी अन्दाजी ३५ बर्षका सागर थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनाले जानकारी दिए अनुसार थापा स्थानीय सुकराम थापाको घरमा सुतिरहेको अवस्थमा भेटिएका थिए ।
डिएसी तिमिल्सेनाका अनुसार अन्य साथीहरु घुम्न गएका र मृतक थापा भने स्थानीयको घरमा सुत्न गएका थिए । सुत्न गएका थापा ११ बजे सम्म पनि नउठेपछि उठाउन जाँदा मृत अवस्थामा भेटिएका थिए ।
सो घटनाको विषयमा थप अनुसन्धान भईरहेको तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले बताए ।